९ मंसिर २०८१, आइतबार 1732483418
Banner

यस्ता छन् एकीकृत समाजवादी केन्द्रीय परिषद् बैठकका प्रस्तावहरू

काठमाडौं– नेकपा एकीकृत समाजवादी केन्द्रीय परिषद् बैठकले विभिन्न प्रस्तावहरू पारित गरेको छ ।

काठमाडौँ, १४ माघ : नेकपा (एस) केन्द्रीय परिषद्को दोस्रो बैठक नेकपा (एकीकृत समाजवादी)को आइतबार काठमाडौँको कमलादीमा सुरु भएको केन्द्रीय परिषद्को दोस्रो बैठकमा सहभागी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल लगायत ।तस्बिर : हरिराम भेटुवाल/रासस

आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय परिषद् बैठकले विभिन्न प्रस्तावहरू पारित गरेको हो ।

यसैबीच केन्द्रीय परिषद बैठकले गरेको निर्णय सुनाउँदै पार्टीका महासचिव घनश्याम भुसालले २४ वटा प्रस्तावहरू पारित गरेको बताए ।

यस्ता छन् बैठकबाट पारित भएका प्रश्तावहरु :

महाधिवेशन र अधिवेशनका प्रतिनिधिहरु सम्बन्धित कमिटीले निर्धारण गरेका निर्वाचन क्षेत्रबाट निर्वाचित हुनेछन् ।

केन्द्रिय कमिटीको संख्या १९९ जनाको हुनेछ ।

केन्द्रिय कमिटीका पदाधिकारीहरुको संख्या १९ हुनेछ ।

केन्द्रिय कमिटी भित्रको संरचना केन्द्रिय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी रहनेछ ।

केन्द्रिय निकायमा राष्ट्रिय महाधिवेशन, केन्द्रिय कमिटी, केन्द्रिय अनुशासन आयोग, केन्द्रिय लेखा परीक्षण आयोग, केन्द्रिय निर्वाचन आयोग, केन्द्रिय सल्लाहकार परिषद्, केन्द्रिय ज्येष्ठ कम्युनिष्ट मञ्च र केन्द्रिय परिषद् रहनेछन् ।

सबै कमिटीका पदाधिकारी तथा सदस्यहरु महाधिवेशन वा सम्बन्धित तहका अधिवशेनहरुबाट प्रत्यक्ष रुपमा निर्वाचित हुनेछन् ।

प्रदेश कमिटीको संख्या ७५ देखि ९९ सम्मको रहनेछ । जिल्ला धेरै भएको प्रदेशमा बढी हुने र जिल्ला थोरै भएको प्रदेशमा थोरै हुनेगरी रहनेछन् ।

प्रदेश कमिटी भित्रको पदाधिकारीको संख्या ७ जनाको हुनेछ । अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव १ र उपसचिव ३ रहनेछ ।

जिल्ला कमिटीको संख्या ५५ एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा कायम गरी एक भन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट एक महिलासहित ३ जना थप गर्नेगरी तय गरिनेछ ।

जिल्ला कमिटीका पदाधिकारीहरु सात जना हुनेछन् । अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक, उपसचिव ३ ।

पालिका कमिटीको संख्या ४५ हुनेछ । पालिकामा ५ भन्दा बढी वटा छन् भने । ५ भन्दा बढी वडा छन् भने पालिकाको प्रत्येक वडाबाट २ जना थप गर्न सकिनेछ ।

स्थानीय कमिटीका पदाधिकारीहरु पाँच जना हुनेछन् । अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव २ ।

वडा कमिटीको संख्या बढीमा ३५ जनाको हुनेछ ।

अहिलेलाई उमेर हद हामी राख्ने छैनौँ ।

पार्टीका सबै कमिटीहरुमा समावेशिताको सिद्धान्तअनुसार युवाहरुको प्रतिनिधित्व २० प्रतिशत रहनेछ । सबै कमिटीहरु समावेशी हुनेछन् ।

प्रदेशमा आयोगहरु रहने छैनन् ।

महाधिवेशन र अधिवेशनका प्रतिनिधि छनोट सम्बन्धी विषय र स्थानीय कमिटीहरुको संख्या र पदाधिकारीको विषय यो पािरत भएदेखि नै लागू हुनेछन् । स्थानीय कमिटीको संख्या जुन तोकेका छौँ, त्यो संख्या र स्थानीय कमिटी भित्रको पदाधिकारीको संख्या पनि अबदेखि अधिवेशन गर्दादेखि लागू गर्नेछौँ ।