३० जेष्ठ २०८३, शनिबार 1781370830
समाचार

तीन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदका तीन समितिको बैठक आज (बिहीबार) बस्दैछ । संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

शिक्षा समितिमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ भने राष्ट्रिय सरोकार समितिमा १६ औं पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैङ्गिक मैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरुका सम्बन्धमा छलपफल हुनेछ । साथै, दिगो बिकास समितिमा संघीय संसद भवन निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।