काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता एवम् सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीलाई दिइएको छ । यसअघि डीआइजी विष्णुप्रसाद भट्ट सशस्त्रका प्रवक्ता थिए ।
उनको सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सरुवा भएपछि डीआइजी कार्कीलाई जिम्मेवारी दिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।


