३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 3:28 pm
अर्थ

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

सूचना प्रेस २०८० माघ २८ आइतबार ००:००, ११:५३ बजे १ मिनेट पढाइ

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य आज स्थिर रहेको  छ । चाँदी आज  प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।