७ जेष्ठ २०८३, बिहिबार 1779372425
Banner

एमालेले बोलायो बिहीबार सचिवालय बैठक

काठमाडौं-नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। भोलि दिउँसो ३ बजे केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताउनु भयो ।

उहाँका अनुसार, केन्द्रीय कमिटी बैठक बोलाउने र समसायिक राजनीतिक विषयहरुमाथि छलफल गर्न सचिवालय बैठक बोलाइएको छ। सचिवालय बैठकको एजेण्डा आज बस्ने कार्यालय बैठकले तय गर्नेछ। सचिवालय बैठकको प्रस्ताव तयार पार्न अहिले केन्द्रीय कार्यालयको बैठक बस्दैछ। महासचिव शंकर पोखरेल नेतृत्वको कार्यालयको बैठकले केन्द्रीय कमिटीको बैठकको मिति तय गर्ने जनाएको छ । कार्यालय बैठकले सचिवालय बैठकको कार्यसूची पनि तय गर्नेछ। एमालेले फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ। एमालेले सरकारविरूद्ध आन्दोलनको तयारी पनि गरेको छ। जिल्ला-जिल्लामा प्रशिक्षण, भेला र संगठन पुनःनिर्माणलाई गति दिइरहेका एमालेले तल्ला कमिटीलाई आन्दोलनमा रहन निर्देशनसमेत दिइसकेको छ।

पहिलो चरणमा एमाले सातै प्रदेशमा विरोध सभाको तयारी गरेको छ।