७ मंसिर २०८१, शुक्रबार 1732273722
Banner

गठबन्धन भत्कियो : आजै एमाले, माओवादी र रास्वपाको सरकार बन्ने

काठमाडौं । सत्ता गठबन्धन टुटेको छ। बालुवाटारमा जारी नेकपा माओवादी केन्द्रको पदाधिकारी र बालकोटमा जारी नेकपा एमालेको सचिवालय बैठक र भरखरै सकिएको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकका छुट्टा छुट्टै स्रोतहरूका अनुसार आजै नयाँ मन्त्रिमण्डल बन्दैछ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) जसपा, नेकपा एससहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बन्ने भएको छ ।पछिल्लो सहमतिअनुसार एमाले, रास्वपा र जसपाबाट एक एकजना जनाले आजै मन्त्रीमा शपथ लिने तयारी गरेका हुन् ।एमालेले पदम गिरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ । माओवादी, रास्वपा र जसपाले मन्त्री टुंग्याउन बाँकी छ ।

पहिलो चरणमा चारै जनाले विना विभागीय मन्त्रीका रूपमा शपथ लिनेछन् । आजै ४ मन्त्रीले शपथ लिने तयारी भइरहेको स्रोतले बताएको छ ।