काठमाडौं-नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला नियुक्त हुनुभएको छ।
संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा बर्तौला र सचेतकमा सुनिता बराललाई मनोनयन गर्नुभएको छ।
प्रमुख सचेतक पदम गिरी मन्त्री हुनुभएपछि यसअघिका सचेतक बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरिएको हो।
सचेतक बन्नुभएकी बराल समानुपातिक सांसद हुन्। बर्तौला मकवानपुर-२ का सांसद हुन्।