९ मंसिर २०८१, आइतबार 1732462437
Banner

माधव नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली कोटेश्वरमा

काठमाडौं-नेकपा एकीकृत समाजवादीका पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न  प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोटेश्वर पुग्नुभएको छ। 

एकीकृत समाजवादीलाई पनि नयाँ सत्ता गठबन्धनमा सामेल गराउन आग्रह गरिरहेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले नेपालसँग भेटेरै यसबारे कुरा गर्न खाेजिएको एक स्रोतले जनाएको छ। छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि सहभागी हुनुहुन्छ।

सोमबार नै एमाले अध्यक्ष ओलीले पनि नेपाललाई फोन गरेर स्वास्थ्य अवस्थाबारे चासो राख्नुभएको थियो। अध्यक्ष नेपाल केही दिनदेखि बिरामी भएर कोटेश्वरमै आराम गरिरहनुभएको छ।