१० मंसिर २०८१, सोमबार 1732563311
Banner

नवनिर्वाचित मन्त्रीहरूको शपथ साँझ ५ बजे, को को बन्दैछन मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपासहितका सत्ता साझेदार दलले मन्त्रिपरिषद्मा भागबण्डा गरेका हुन् । बुधवार टुंगिएको भागबण्डाअनुसार माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री बन्नेछन् ।

माओवादीबाटै उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने तय भएको छ । यसैगरी, एमालेका तर्फबाट सरकारमा पार्टी सचिव रघुवीर महासेठले नेतृत्व गर्ने भएका छन् । महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने तय भएको छ ।

एमालेबाट यसअघि नै पदम गिरीले शपथ लिइसकेका छन् भने दामोदार भण्डारी, हरि उप्रेती, राजेन्द्र राई, ज्वालाकुमारी साह, भगवती चौधरी र बलराम अधिकारी पनि मन्त्री बन्ने तय भएको छ । उनीहरूले पाउने मन्त्रालय यकिन हुन बाँकी छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृह मन्त्री बन्ने पक्का भएको नेताहरूले बताएका छन् । त्यस्तै डीपी अर्याल श्रम मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बन्ने तय भएको नेताहरुले बताएका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट पनि २ मन्त्री बन्ने बताईएको छ । समाजवादीले मन्त्रीको नाम भने टुंगो लगाएको छैन । नवनिर्वाचित मन्त्रीहरूको शपथ साँझ ५ बजे राष्ट्रपति भवनमा आयोजना गरिएको छ ।