काठमाडौं । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । सत्ता गठबन्धनबाट बाहिरिएर प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेको कांग्रेसले अहिले विहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रतिपक्षीको भूमिकामा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको हो ।
बिहीबार सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै छ । बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको अबको रणनीतिका विषयमा छलफल हुने जनाइएको छ । संसदीय दलको बैठक बस्नु अघि अहिले बिहान साढे ८ बजे संसदीय दल कार्यसमितिको समेत बैठक बस्दैछ ।