२१ कार्तिक २०८३, शनिबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 2:21 am
समाचार

वडा कार्यालयमा जन्ती सुतेपछि सार्वजनिक बिदा

सूचना प्रेस २०८० फाल्गुन २९ मंगलबार ००:००, १७:२८ बजे १ मिनेट पढाइ

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका वडा नं २५ को वडा कार्यालय लोहनामा जन्तीको बास भएपछि आज सार्वजनिक बिदा दिइएको छ ।

सोही वडा एक स्थानीयको बिवाहमा आएका जन्ती सोमबार राति वडा कार्यालयमा बास बसेका र कार्यालय सहयोगीको घरमा विवाह परेको तथा वडासचिव मदन महतो बिरामी भएकाले वडा कार्यालय बन्द रहेको वडा नं. २५ का वडाध्यक्ष चन्देश्वर साहले बताए ।

उनले भने, “वडा कार्यालयको सभाहलमा जन्ती राखिएका कारणले कार्यालय खोल्न अवरोध नभएको तर वडासचिव र कार्यालय सहयोगी नआएपछि कार्यालय बन्द रहेको हो ।” वडा कार्यायल जन्ती राख्नको लागि बन्द गरेको भन्दै वडावासीले विरोध जनाएका छन् ।