८ मंसिर २०८१, शनिबार 1732372591
Banner

विश्वासको मत पाएपछि प्रधानमन्त्रीको प्रतिक्रिया,नयाँ उर्जा समृद्धिको मार्गचित्रमा पूर्णरुप खर्चिनेछु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्री दाहालले आफूले गरेको वाचाअनुसार नयाँ उर्जाका साथ सुशासन, सामाजिक न्याय, समृद्धि र विकासको मार्गचित्रमा पूर्णरुप खर्चिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्री दाहालले फेशबुकमार्फत लेखेका छन्–

प्रतिनिधिसभाबाट विश्वासको मत दिनुहुने सत्ता सहयात्री दल लगायत सम्पूर्ण राजनीतिक दलमा आवद्ध र स्वतन्त्र रूपमा क्रियाशील माननीय सांसदज्यूहरूमा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछु। तपाईहरूबाट प्राप्त यो विश्वास संसदमा विश्वासको मत लिनुपूर्व मैले वाचा गरेअनुरूप नयाँ उर्जाका साथ सुशासन, सामाजिक न्याय, समृद्धि र विकासको मार्गचित्रमा पूर्णरूप खर्चिने प्रतिबद्धता व्यक्त गर्दछु।