१ जेष्ठ २०८३, शुक्रबार 1778884582
Banner

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्धारा स्वीकृति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी शनिबार हुने उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएका छन्।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रुपमा परिचालन गर्न भन्दै सेना परिचालनको स्वीकृति प्रदान गरिएको हो।

राष्ट्रिय सुरक्षा परिषद्को वैशाख १० गतेको बैठकको सिफारिस,मन्त्रिपरिषद्को वैशाख १० कै निर्णय तथा प्रधानमन्त्रीको पत्रका आधारमा राष्ट्रपतिले सेना परिचालनका लागि संविधानको धारा ६६ (२०) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

वैशाख १५ गते इलाम २ मा प्रतिनिधिसभा र बझाङ १ (१) मा प्रदेशसभा सदस्यको उपनिर्वाचन हुँदैछ। यसका लागि अहिले मौन अवधि लागू भइसकेको छ।