३ जेष्ठ २०८३, आइतबार 1779029399
समाचार

रातो मच्छिन्द्रनाथको रथारोहण गरियो

काठमाडौं – नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा सुरु भएको छ । हिजो मच्छिन्द्रनाथलाई पुल्चोकमा रथारोहणका गरेसंगै जात्रा सुरु भएको हो। रथारोहणसंगै झन्डै दुई महिने लामो उक्त जात्रा औपचारिक रूपमा सुरू हुने गर्दछ।

वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरिसकेपछि अक्षय तृतीयाका दिन गौदान सहितको शान्ति स्वस्तिपश्चात् चौथी तिथिमा रथयात्रा आरम्भ गरिन्छ। यसरी रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ।

जात्राको अन्तिम दिनमा राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने प्रचलन छ भने, भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथलाई प्राचीन कलात्मक खाटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको मन्दिरमा ६ महिनाका लागि विराजमान गराउन लैजाने परम्परा छ ।