३ जेष्ठ २०८३, आइतबार 1779029620
समाचार

वीरगन्जबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले पर्साको वीरगन्जबाट खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–३२ बस्ने २० वर्षीय राहुल सिंह र बाराको सिमरा जितपुर उपमहानगरपालिका–७ घर भएका १९ वर्षीय नन्दन गुप्ता छन् ।

जेठ २ मा वीरगन्ज–३१ स्थित कटगेनवा सडक खण्डबाट पक्राउ परेका आरोपीहरूको साथबाट ८ ग्राम ४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतले बताए ।

आरोपीहरू ना.३९ प २५३२ नम्बरको स्प्लेन्डर मोटरसाइकलमा भेडियाहीबाट मिलनचाकतर्फ आउँदै थिए । पक्राउ परेकाहरूमाथि प्रहरीले लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।