काठमाडौं । प्रतिनिधिसभा बैठक यही जेठ ११ गतेसम्मका निम्ति स्थगन गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच मंगलबार केही बेर बैठक सञ्चालन भएको थियो ।
सभामुख घिमिरेले जेठ ११ गतेको बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरिने कार्यसूची रहेको बताउनुभयो ।