४ आश्विन २०८१, शुक्रबार 1726825379
Banner

रास्वपाको चियापानमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीको चियापान कार्यक्रममा सहभागी हुनुभएकाे छ । उहाँ केही समयअघि मात्रै रास्वपा केन्द्रीय कार्यालय बसुन्धारा पुग्नुभएकाे हाे ।

रास्वापले पार्टी स्थापना दिवसको दोस्रो वर्षको अवसरमा आज चियापान समारोह आयोजना गरेको हो । चियापानमा पूर्वप्रधानमन्त्रीहरु नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सहभागी भएका छन् ।

त्यस्तै, जनमत पार्टीका अध्यक्ष सिके राउत, काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, दिलेन्द्र प्रसाद बडू, एनपी साउद, विनोद चौधरीलगायत सहभागी भएका छन् ।