३ आश्विन २०८१, बिहिबार 1726731581
Banner

भन्सार छलीको सामानसहित दुई जना पक्राउ

असार । कैलाली प्रहरीले भन्सार छलीको सामानसहित धनगढीबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का ३१ वर्षीय हरि बुढा र धनगढी उपमहानगरपालिका–९ की ४० वर्षीया सरस्वती विक रहेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटेको प्रहरी टोलीले उनीहरुलाई धनगढी उपमहानगरपालिका–१ नवदुर्गा मन्दिर नजिकबाट नियन्त्रणमा लिएको हो।

बुढाले चलाएको सु.प.प्र. ०१–००१ ज १२७९ नम्बरको म्याजिक गाडीलाई शंका लागि चेकजाँच गर्दा १० लाख ७२ हजार रुपियाँ बराबरको भन्सार छलीको विभिन्न सामान बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो।