१ श्रावण २०८१, मंगलबार 1721128108
Banner

आइसिसी टी-२० विश्वकपको उपाधि भारतलाई

काठमाडौँ- आइसिसी टी-२० विश्वकप-२०२४ को उपाधि भारतले जितेको छ।

आज वेष्ट इन्डिजमा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको हो ।

१ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र जोड्यो ।

भारतले सन् २००७ मा पनि टी-२० विश्वकपको उपाधि जितेको थिय‌ो । भारतले १७ वर्षपछि दोस्रो उपाधि उपाधि जितेको हो ।