२ कार्तिक २०८१, शुक्रबार 1729274757
Banner

भिसा फर्म भर्नेहरूलाई ठगेको आरोपमा ८ जना पक्राउ

काठमाडौं । दक्षिण कोरिया जान भिसा फर्म भर्नेहरूलाई ठगेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनलाइनमार्फत भिसा पाउने मिति रोज्न पाउने सुविधामा एजेन्टहरुले पहिले नै समय लिएर उक्त समय सर्वसाधारणलाई बेच्ने गरेको पाइएपछि ८ जनालाई पक्राउ गरेको हो । सिआइबीले भिसा फर्म भर्न अनलाइन प्रक्रिया नै जाम गरी रकम असुली गरी फर्म भरिदिने भन्दै ठगेको आरोपमा उनीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भोजपुरका दीपेन्द्र राई, नवलपुरका पवन काफ्ले, संघर्ष ढकाल, कलंकीका नवीन पौडेल, पोखराका समेश शेरचन र गोरखाका २१ वर्षीय छिरिङ निमा लामा छन्। त्यस्तै, दुई जनाको परिचय भने प्रहरीले खुलाएको छैन।

उनीहरुले पहिल्यै अनलाइनमार्फत भिसाको डेट होल्ड गर्ने र अन्तर्वार्ताका लागि डेट नपाउनेहरुलाई प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले बेच्ने गरेको पाइएको छ । यसमा क–कसको संलग्नता छ भन्नेबारे सिआइबीले थप अनुसन्धान गरिरहेको छ।