२ कार्तिक २०८१, शुक्रबार 1729282710
Banner

प्रचण्ड सरकार अल्पमतमा, एमालेका मन्त्रीहरूले दिए राजीनामा

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । बुधबार साँझ उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।

यसअघि मंगलबार एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आजसम्मको समय दिएको थियो । तर, पार्टीले दिएको समयभित्र प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएर मन्त्रीहरूलाई सरकारबाट बोलाएको हो ।

मन्त्रीको राजिनामासँगै प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार अल्पमतमा परेको छ । सत्ताको सबैभन्दा ठूलो दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो । यद्यपी प्रधानमन्त्री प्रचण्डले भने विश्वासको मतको सामना गर्ने बताएका छन् ।