३ आश्विन २०८१, बिहिबार 1726785974
Banner

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने हुनुभएकाे  छ । उहाँले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गर्नुभएकाे हाे  ।

काठमाडौँ, ११ असार ः संसद भवन, नयाँ बानेश्वरमा मङ्गलबार बसेका प्रतिनिधिसभाको बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर ः प्रदीपराज वन्त÷रासस

नेकपा एमालेले सरकारमाथिको समर्थन फिर्ता लिएसँगै अल्पमतमा पुगेका प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिन लाग्नुभएको हो । 

एमाले– कांग्रेस सत्ता सहकार्यको सहमति भएसँगै नेकपा एमाले सरकारबाट बाहिरिसकेको छ । सरकारमा सहभागी दलहरूमध्ये कुनै दलले आफ्नो समर्थन फिर्ता लिँदा संविधानको धारा १०० को उपधारा २ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।