काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा घाइते हुनेको संख्या ६ पुगेको छ। यसअघि पाँचजना घाइते यकिन भएकामा एक जना बालक घाइते अवस्थामा झाडीमा भेटिएका हुन् ।
बालकको उद्वार गरेर उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। यसअघि ५ जना घाइतेको उद्धार गरिएको थियो। दुर्घटनामा १० जनाको मृत्यु भइसकेको छ। मृतकहरूको पहिचान खुलेको छैन।


