४ आश्विन २०८१, शुक्रबार 1726836795
समाचार

प्राइम बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले १० वर्ष अवधि तथा वार्षिक ८ प्रतिशत ब्याजदर भएको “८५ प्राइम डिबेञ्चर २०९१” नामक प्रति ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले अंकित मुल्य १ हजार रुपैयाँ दरको ३० लाख कित्ताले हुने रकम रु।३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

जसमध्ये ६० प्रतिशत अर्थात १८,००,००० कित्ताले हुने रकम १ अर्ब ८० करोड ऋणपूँजी व्यक्तिगत तवर बाट बिक्री गरिने तथा ४० प्रतिशत अर्थात १२,००,००० कित्ताले हुन आउने रकम १ अर्ब २० करोड ऋणपूँजी सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक साथै डिबेञ्चर ट्रष्टीको रुपमा नियुक्त गरेको छ ।

उक्त क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धरले र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।