काठमाडौं । थापाथलीस्थित सुकुम्वासी बस्ती खाली गराउन प्रहरीले सूचित गरेको छ ।

आज साँझ माइकिङ गर्दै प्रहरीले बस्ती खाली गराउन भनेको हो । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै शनिबार र आइतबारभित्र सुकुम्वासी बस्ती खाली गराउन निर्देशन दिएका थिए ।
उक्त निर्देशनको आधारमा प्रहरीले भोलि बेलुकासम्म ठाउँ खाली गर्न माइकिङ गरेको हो ।


