३ कार्तिक २०८१, शनिबार 1729330646
Banner

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ-परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेट गर्नुभएको छ।

परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको सो भेटमा नेपाल-चीन सम्बन्धका विविध पक्षका साथै आपसी हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।