३ आश्विन २०८१, बिहिबार 1726783676
Banner

द्वारिकाज होटलकी अध्यक्ष अम्बिका श्रेष्ठको निधन


काठमाडौं । उद्यमी अम्बिका श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचाररत श्रेष्ठको बिहीबार निधन भएको अस्पताल एवम् पारिवारिक स्रोतले जनाएको छ । उनी काठमाडौंको होटल द्वारिकाजकी अध्यक्ष हुन् । निमोनियाबाट पीडित श्रेष्ठ दुई महिनायता उपचाररत थिइन् । शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । श्रेष्ठले चार वर्षअघि क्यान्सरलाई जितेकी थिइन् । उनका दुई छोरी छन् । श्रीमान् र छोराको यसअघि निधन भइसकेको छ ।