४ आश्विन २०८१, शुक्रबार 1726847219
Banner

प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा युवराज खतिवडा नियुक्त भएका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले रिमाल र खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो । 

एमालेका उपमहासचिव समेत रहेका रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा सोही भूमिकामा थिए । 

खतिवडा ओलीको यसअघिको कार्यकालमा अर्थमन्त्री थिए । अर्थमन्त्रीबाट हटेपछि उनी अमेरिकाका लागि राजदूत नियुक्त भएका थिए । खतिवडा पूर्वगभर्नर एवं राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष समेत भइसकेका छन् ।