५ आश्विन २०८१, शनिबार 1726914453
Banner

पोखरामा स्कूल बस दुर्घटना हुँदा आमा छोराको मृत्यु, २५ विद्यार्थी घाईते

पोखरा । पोखरामा आज बिहान भएको स्कूल बस दुर्घटनामा आमा छोराको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएकी विद्यालयको कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका छोरा प्रिन्स विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बिहान विद्यार्थी लिएर फर्कँदै गरेको एलपी देवकोटा मेमेरियल स्कुलको बस पोखरा १७, फुस्रेखोलानेर दुर्घटना भएको हो। घाइतेहरूको अहिले पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

बसमा चालक र सहचालक गरी ३० जना सवार रहेको बताईएको छ। केही विद्यार्थीको अवस्था गम्भीर रहेको बताईएको छ। थप विवरण आउन बाँकी छ