५ आश्विन २०८१, शनिबार 1726940216
Banner

१८ देशका लागि राजदूत नियुक्त, भारतमा शंकर शर्मानै दोहोरिए, चीनका लागि कृष्णप्रसाद ओली सिफारिस

काठमाडौं । सरकारले १८ देशका लागि नेपाली राजदूत नियुक्त गरेको छ ।

सोमबार बसको मन्त्रिपरिषद् बैठकले भारतका लागि शंकर शर्मालाई नै निरन्तरता दिएको छ भने चीनका लागि कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको छ । त्यस्तै अमेरिकाका लागि पूर्वमुख्यसचिव लोकदर्श रेग्मीलाई नियुक्त गरेको छ । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले विभिन्न देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने र केही देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिनु भएको हो ।

सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, दक्षिण कोरिया, कतार, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, रुस, चीन, डेनमार्क, पाकिस्तान,,अस्ट्रेलिया, मलेसिया, साउदी अरब, इजरायल, जर्मनीका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

यसैगरी, बैठकले अस्ट्रेलिया, चीन, श्रीलंका, दक्षिण अफ्रिका, रसियाका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । अन्य देशका राजदूतलाई यसअघि नै फिर्ता बोलाउने निर्णय भएकाले नेपाली राजदूतको पद रिक्त रहेको छ ।