७ आश्विन २०८१, सोमबार 1727090047
Banner

एमाले सचिवालय बैठक होटल बसेरामा बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक होटल बसेरामा बस्ने भएको छ ।

पार्टी कार्यालय डुबानमा परेपछि बैठक होटल बसेरा हनुमानस्थानमा बिहान ११ बजेका लागि सारिएको हो ।

केन्द्रीय नेताहरूको कार्यविभाजन सम्बन्धमा निर्णय गर्न बैठक बस्न लागेको हो । गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार कार्यविभाजन सम्बन्धी मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । मङ्गलवार मनोहरा खोलाको बाढी एमाले मुख्यालयमा पसेपछि अहिले लेदो सफा गर्ने काम भईरहेको छ ।