५ आश्विन २०८१, शनिबार 1726943089
विश्व

भारतीय विदेश सचिव मिस्री नेपाल आउँदै

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । भारतीय राजदुतावासका अनुसार मिस्री श्रावण २७ देखि २८ गतेसम्म नेपालको औपचारिक भ्रमणमा आउनुहुने बताइएको छ ।

विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने दुताबासले जनाएको छ ।

भारत र नेपालबीच सदियौं पुरानो सभ्यतागत, साँस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको छ, र भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरु सम्पन्न भई र नयाँ परियोजनाहरु अघि बढाई उच्चस्तरीय आदानप्रदानलाई गति दिदै पछिल्लो वर्षहरुमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत हुने नेपालकालागि भारतीय राजदूतावासले जनाएको छ ।