४ आश्विन २०८१, शुक्रबार 1726863528
अर्थ

कुमारी बैंकका ग्राहकलाई दि ह्वाइट आर्क डेन्टल क्लिनिकमा आकर्षक छुट

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले काठमाडौंको बाँसबारीस्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिकले प्रदान गर्ने सेवामा विशेष छुट पाउने भएका छन् ।

छुट उपलब्ध गराउने विषयमा दुवै संस्थाबीच सम्झौता भएको छ । डेन्टल क्लिनिकबाट सेवा लिए वापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

विगत २३ बर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।