४ आश्विन २०८१, शुक्रबार 1726825849
Banner

रबिले निष्काशन गरेपछि मुकुलले भने, लामिछाने पतित हुन्,समयले पुष्टि गर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वमहामन्त्री मुकुल ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको छ। मंगलबार बिहान बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो।

पार्टीबाट निष्काशन गरेपछि ढकालले आफूलाई पार्टीबाट निष्काशन गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेको क्लबलाई नभएको प्रतिक्रिया दिएका छन्। उनले नैतिकताका आधारमा लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्ने बताएका छन्। उनले नैतिकरुपले लामिछाने पतित पात्र भएको भन्दै यसलाई समयले पुष्टि गर्ने बताएका छन्।

रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्काशन गर्ने अधिकार क्लबलाई छैन । न्यायिक निकायले क्लबको कारवाहीलाई बदर गरेपछि नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ,उनले भने, नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला, तर पनि उनी कतिसम्म पतित रहेछन्,हेर्दै जाउँला ,समयले पुष्टि गर्दै जानेछ ।

सहकारी प्रकरणमा लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरी भाषणबाजी गर्दै हिँडेको भन्दै यसले न्याय सम्पादनको प्रक्रियालाई समेत खलल पुर्‍याउने उनको भनाइ छ। उनले भने,ुसहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडका छन्। आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् । र फेरी पनि नैतिकरूपले पतित रविलाई नैतिकता कै प्रश्न ,अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस् ,एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।

ढकाललाई रास्वपाले यस अगाडि महामन्त्री,प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त गरेको थियो।