८ कार्तिक २०८१, बिहिबार 1729779048
Banner

स्कुटर दुर्घटना हुँदा पाल्पामा एक जनाको मृत्यु

बुटवल । स्कुटर दुर्घटनामा परी पाल्पामा  १ जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका वडा नम्बर १० मा भएको उक्त दुर्घटनामा स्थानीय ४० वर्षीय यामबहादुर खरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

कालिगन्डकी करिडोरअन्तर्गत बर्दलेबाट रामटारतर्फ जाने क्रममा खरुले चलाएको लु ४४ प २४३१ नम्बरको स्कुटर सडकछेउको पोलमा ठोक्किएर पल्टिएको हो। दुर्घटनामा घाइते भएका खरुलाई उपचारका लागि रामपुर अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी  डिएसपी सुगन्ध श्रेष्ठले बताए ।