१ कार्तिक २०८१, बिहिबार 1729195882
Banner

उद्धार कोषमा प्राइम बैंकले ३१ लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौँ । प्राइम कमर्सियल बैंक लि. परिवारले  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१  लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

२०८१ साल असोज ११ गते शुक्रवार र १२ गते शनिवार देशमा भएको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको भन्दै बैंकले कोषमा सहयोग गरेको हो । अकल्पनीय घटनाप्रति बैंक परिवारले गहिरो दुःख व्यक्त गरेको छ ।