२४ कार्तिक २०८३, मंगलबार Wednesday, 11 November 2026
हामीलाई पछ्याउनुहोस्
२४ कार्तिक २०८३, मंगलबार 1:21 am
समाचार

रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर युवकको मृत्यु

सूचना प्रेस २०८१ आश्विन २२ मंगलबार ००:००, १३:०५ बजे १ मिनेट पढाइ

रौतहट । रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ। स्थानीय यमुनामाई गाउँपालिका ५ मिठुअबा गाउँका  २६ वर्षीय अस्लोक कुमार महतोको करेन्ट लागेर मृत्यु भएको हो। युवक अस्लोक कुमारलाई आफ्नै खेतमा धान बालीमा पानी हाल्न जडान गरिएको मोटरको तार जोडने क्रममा करेन्ट लागेको थियो ।

उपचारको लागि शिवदर्शण अस्पताल सुकदेव चोकमा ल्याइएकोमा गएराति चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको तथा घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ  ।