३० आश्विन २०८१, बुधबार 1729098565
Banner

लमजुङमा जिप दुर्घटना : २२ जना घाइते, पाँचकाे अवस्था गम्भीर

काठमाडौं, असाेज २७ गते । लमजुङको सारिङबाट सदरमुकाम बेंशीसहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना भएकाे छ । दुर्घटनामा परि चालकसहित २२ जना घाइते भएका छन् भने घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाे छ ।

गम्भीर घाइते भएका पाँच जनालाई चितवनको भरतपुर रेफर गरिएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले गाेरखापत्र अनलाइनलाई जानकारी दिनुभएकाे हाे । यस्तै, अन्य घाइतेकाे जिल्ला सदरमुकाममै उपचार भइरहेको उहाँले बताउनुभयाे ।

ग १ ज ८५५१ नम्बरको जिप आज बिहान ११ः२० मा दुर्घटना भएको थियो ।