३० आश्विन २०८१, बुधबार 1729102380
अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलामा १ लाख ६२ हजार रुपैयाँ नजिक

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यले हालसम्मको सबै रेकर्ड तोड्दै कीर्तिमान बनाएको हो । जसअनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि गत साउन १८ गते सुनको मूल्य १ लाख ६१ हजार ३०० रुपैयाँ कायम थियो । सो मूल्यको रेकर्डलाई पनि तोड्दै बुधवार आएर सुनको मूल्य १ लाख ६२ हजार नजिक पुगेको हो । 

मंगलबार भने सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ कायम थियो । यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३८ हजार ७२० रुपैयाँ कायम हुँदा चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार मंगलबार तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार बढेर १ हजार ९५० रुपैयाँ कायम भएको हो ।