१ कार्तिक २०८१, बिहिबार 1729194531
Banner

बाढी पहिरो प्रभावित ७१ स्थानीय तहलाई राहत रकम निकासा गर्ने विपद् व्यवस्थापन समितिको निर्णय

काठमाडौँ । राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठकले बाढी पहिरोबाट प्रभावित ७१ स्थानीय तहलाई राहत रकम निकासा गर्ने निर्णय गरेको छ ।  बिहीबार राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बसेको समितिको बैठक राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । भदौ २१ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरी २० जिल्लाका ७१ वटा स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । बाढी पहिरो प्रभावित क्षेत्रलाई तीनवटा तहमा छुट्टाइएको थियो ।

पहिलो तहका ९ वटा स्थानीय तहलाई १ करोडका दरले रकम छुट्टाइएको छ । दोस्रो तहका १२ वटा स्थानीय तहलाई ७५ लाख र तेस्रो तहका ५० वटा स्थानीय तहलाई ५० लाख रकम छुट्टाइएको हो । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा स्वास्थ्य मन्त्री, सामान्य प्रशासन मन्त्री, निजी क्षेत्रका व्यक्तिहरू सहभागी थिए ।