३ कार्तिक २०८१, शनिबार 1729341278
Banner

रवि लामिछानेलाई राति ३ बजे पोखरा पुर्‍याइयो

काठमाडौं । प्रहरीले हिजो साँझा रविलाई पार्टी कार्यालयबाट पक्राउ गरेको थियो । प्रहरीले लामिछानेलाई स्थलमार्ग भएर रातारात पोखरा पुर्‍याएको हो । लामिछानेलाई प्रहरीले लैजाँदै गर्दा ठाउँ ठाउँमा उनका समर्थक र रास्वपाका नेता कार्यकर्ताहरूले नाराबाजी र विरोध प्रदर्शन गरेका थिए ।

सहकारी ठगी प्रकरण र सांगठनिक अपराधको अभियोगमा सरकारले रविलाई प्रकाउ गरेको हो । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई शुक्रबार रविलाई पक्राउ गर्न अनुमति दिएको हो । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

रास्वपाका नेता तथा रवि समर्थकहरुले आज शनिबारदेखि थप प्रदर्शनका कार्यक्रमहरू बनाएका छन् । आज काठमाडौको माइतीघर मण्डलमा प्रदर्शन राखिएको छ पोखरामा पनि उनी समर्थकहरुले आन्दोलन गर्दै छन् ।