३ कार्तिक २०८१, शनिबार 1729354392
Banner

दोलखा–सिंगटी सडक खण्डमा सवारी दुर्घटना

काठमाडौँ । दोलखामा यात्रुबाहक वस र जिप ठोक्किएको छ । शनिबार बिहान पौने ११ बजे दोलखा–सिंगटी सडक खण्डको भदौरेमा रोल्वालिङ यातायात प्रालिको बा२ ख ६४२५ र बा १९ च ३९३८ बोलेरो जिप एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मानवीय क्षति भने नभएको स्थानीय पत्रकार राजकुमार भुजेलले समाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।