३ कार्तिक २०८१, शनिबार 1729361220
Banner

रवि लामिछाने पक्राउको विरोधमा सुर्खेतमा पनि आन्दोलन

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोधमा सुर्खेतमा पनि आन्दोलन सुरु भएको छ । रास्वपाका जिल्ला तथा प्रदेशका नेताहरूको सहभागितामा विरोध प्रदर्शन गरिएको हो । आन्दोलन वीरेन्द्रनगरको मुख्य चोक मंगलगढीबाट सुरु गरिएको छ । रास्वपाका सुर्खेत सभापति रमेश कुमार सापकोटाले राजनीतिक प्रतिशोध साँधेर सरकारले अराजनीतिक कदम चालेको बताए ।