३ कार्तिक २०८१, शनिबार 1729372750
Banner

रवि पक्राउ प्रकरण: भैरहवामा  विरोध सभा

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गरिएको दाबी गर्दै  रुपन्देहीको भैरहवामा पार्टीका नेता कार्यकर्ताहरूले  विरोध सभा  गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी  जिल्ला कार्यसमितिको  आयोजनामा  भैरहवाको बुद्ध चोकमा विरोध सभा गरिएको हो ।  

विरोध सभामा  जिल्ला सभापति बुद्धि प्रसाद शर्मा, बुटवल सभापति राजन पाण्डे,  तिलोत्तमा नगर सचिव कृष्ण तिवारी लगायत सहभागी दिए । सो क्रममा उनीहरूले वास्तविक सहकारी ठगलाई कारबाहीको  नभएको तर  निर्दोष रविलाई फसाउने खोजिएको जिकिर गरे ।