४ कार्तिक २०८१, आइतबार 1729433677
Banner

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । आज साँझ ५ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्ने एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ परेको विषयलाई लिएर तर्क वितर्क भइरहेका छन् । बैठकमा यस विषयमा छलफल हुन सक्ने नेताहरू बताउँछन् । साथै व्यवसायी मीनबहादुर गुरूङले पार्टी कार्यालय बनाउन दान दिएको कीर्तिपुरको जग्गाका विषयमा पनि छलफल हुनेछ । सो जग्गा प्रकरणमा एमाले नेताहरुका फरकफरक धारणा सार्वजनिक भएका छन् ।