४ कार्तिक २०८१, आइतबार 1729449689
अर्थ

फेरि बढ्यो सुनको मूल्य, तोलामा १ लाख ६५ हजार रुपैयाँ पुग्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका सोहीअनुसार आइतबार छापावाल सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।जसअनुसार सुनको मूल्य तोलामा १ लाख ६५ हजार पुगेको हो ।

यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको थियो । यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार ९८० रुपैयाँमा कारोबार भएको छापावाल चाँदीको मूल्य आइतबार बढेर २ हजार ७५ रुपैयाँ कायम भएको हो ।