काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति रास्वपा सभापति रवि लामिछानेले शोक व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत लामिछानेले ओलीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामनासमेत गरेका छन् ।
नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली दिएको केही घण्टापछि रास्वपा सभापतिको ऋद्धाञ्जली आएको हो ।
रविले सामाजिक संजालमा लेखेका छन्, ’नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूजनीय पिताश्री मोहनप्रसाद ओलीज्यूको निधनले दुःखी तुल्याएको छ । यस दुःखद घडीमा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु ।’


