१० कार्तिक २०८१, शनिबार 1729966565
Banner

ओली सरकारको सय दिन जनतालाई उकुसमुकुस : यशोदा सुवेदी

काठमाडौँ । माओवादी केन्द्रकी नेतृ यशोदा सुवेदी गुरुङले कांग्रेस एमाले गठबन्धनको केपी ओली नेतृत्वको सरकारको सय दिनमै उकुसमुकुस भएको बताएकी छिन् । शनिवार काठमाडौँमा गरिएको खबरदारी सभामा बोल्दै उनले मध्यरातमा अपवित्र गठबन्धन गरेर सरकार बनाएको बताउँदै सरकार भ्रष्टाचारी, बिचौलियाको संरक्षणमा लागिपरेको आरोप लगाइन् ।

उनले भनिन्– ‘बाढी पहिरोबाट आक्रान्त जनतालाई राहत दिनुको सट्टा उनीहरूलाई थप पीडित बनाउने काम सरकारबाट भइरहेको छ । हामी खबरदारी गर्न चाहन्छौ सरकार यसरी बेलगाम ढङ्गले अघि बढ्ने हो भने, नेपाल र नेपाली जनताको भाग्य र भविष्यमाथि खेलवाड गर्ने हो भने नेपाली जनता चुप लागेर बस्ने छैनन् ।’ उनले नेपाली जनताले सरकारका कामको सशक्त प्रतिकार गर्ने बताउँदै नेपाली चाहना, अधिकार कुल्चने दुष्प्रयास नगर्न चेतावनी समेत दिइन् । सरकारले भूमाफिया, भ्रष्टाचारीसँग मिलेमतो गरेमा निरन्तर खबरदारी गर्ने बताइन् ।