३ कार्तिक २०८१, शनिबार 1729366049
Uncategorized

माओवादी नेता शक्ति बस्नेत र सत्या पहाडीलाई पनि कोरोना पुष्टि

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत र पत्नी सत्या पहाडीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उहाँहरु दुवै जना होम हाइसोलेसनमा हुनुहुन्छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशन सकिएलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादीका धेरै नेता-कार्यकर्ताहरूलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रचण्डसँगै नेता नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल र मातृका यादव संक्रमित छन् । यसैगरी प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, वाइसिएल नेताहरू रामप्रसाद सापकोटा ‘दीपशिखा’, सुमन देवकोटा, सुवोध सिर्पाली लगायत पनि संक्रमित भएका छन् ।