काठमाडौँ । सरकारले नियम विपरीत व्यवसाय गर्ने ५७ फर्मलाई १३ लाख २० हजार जरिवाना गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्तिक महिनाभरिमा गरेको बजार अनुगमनका क्रममा नियमविपरीत व्यवसाय गर्दै आएका उक्त फर्मलाई कारबाही स्वरूप जरिवाना गरेको जनाएको छ । विभागले कार्तिकमा ५२० वटा फर्मको अनुगमन गरेको थियो । जसमध्ये नियम विपरीत काम गर्ने ५७ फर्मलाई कारबाही स्वरूप जरिवाना गरेको विभागले जनाएको छ ।